‘मेरो त भाग्य’ गीत सार्वजनिक [भिडियो]-Sutra News

‘मेरो त भाग्य’ गीत सार्वजनिक [भिडियो]

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो ।



चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन भिडियोमा छ ।

यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा राउतको नृत्य हेर्न सकिन्छ । अतिथी कलाकारको रूपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्वय बुद्धि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।

चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । कैलाश राइको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा चलचित्र तयार भएको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट