गायक प्रकाश सपुत आदर्श विशेष सम्मानबाट सम्मानित-Sutra News

गायक प्रकाश सपुत आदर्श विशेष सम्मानबाट सम्मानित

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

काठमाडौं- यस वर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान-०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरेको हो । 



सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।

सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान संघीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरे ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् ।

आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट