स्कुले जीवनमा हुने प्रेम भाव बोकेको ‘कान्छी मट्याङ ट्याङ’ (भिडियो)-Sutra News

स्कुले जीवनमा हुने प्रेम भाव बोकेको ‘कान्छी मट्याङ ट्याङ’ (भिडियो)

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

काठमाडौं- किरण भुजेलको प्रस्तुतिमा नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।



यस गीतमा किरण भुजेल र एलिना चौहानले आवाज दिएका छन् । गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘नबोली नबोली’ गीतको भिडियो निर्देशन गरेका थिए ।

भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ । गीतमा स्कुले जीवनमा हुने प्रेमलाई प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट