सोमबार विवाह गर्दै अभिनेत्री श्वेता खड्का-Sutra News

सोमबार विवाह गर्दै अभिनेत्री श्वेता खड्का

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

काठमाडौं- अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने पक्का भएको छ । मंसिर २२ गते सोमबार धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् ।



विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ । यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन् ।

‘कहाँ भेटिएला…’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट