सञ्जीव सिंहको स्वरमा ‘तारेमाम’ (भिडियो)-Sutra News

सञ्जीव सिंहको स्वरमा ‘तारेमाम’ (भिडियो)

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

काठमाडौं-गायक सञ्जीव सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द छ । गायक सञ्जीव सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए ।



स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश थापाको छायांकन, विकास धमलाको सम्पादन छ । यो गीतमा गायक सिंहले काठमाडौंको एक रैथाने यूवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाडौं रहनसहन, भेव र संस्कृतिलाई प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट