उद्योग वाणिज्य महासंघलाई चलायमान राख्न चन्द्र ढकालको टिमले जित्नैपर्छ: प्रकाशसिंह कार्की (अन्तर्वार्ता)-Sutra News

उद्योग वाणिज्य महासंघलाई चलायमान राख्न चन्द्र ढकालको टिमले जित्नैपर्छ: प्रकाशसिंह कार्की (अन्तर्वार्ता)

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यसलाई महाभिडन्तका रुपमा लिने गरिएको हो ।



महासंघको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने गर्छन्। वरिष्ठ उपाध्यक्ष पदमा महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

व्यवसायी प्रकाशसिंह कार्कीले महासंघको निर्वाचनमा ढकाललाई समर्थन गरेका उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । कार्की नेपाली उद्योगी व्यवसायीहरूको हक र अधिकारका पक्षमा निरन्तर लड्दै आएका एक सफल व्यवसायी हुन् । नेपाल उद्योग वाणिज्य नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । महासंघको वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवार दिएका कार्कीका आगामी एजेण्डाका सन्दर्भमा सूत्रन्यूजका लागि ऋषि थपलियाले गरेको कुराकानीको सम्पादित अंशः

कारोना महामारीपछि व्यावसायिक उत्थानका सन्दर्भमा धेरै कामहरू गर्नुपर्ने जिम्मेवारी रहने भएकाले अब महासंघको नेतृत्वमा आउनका लागि तपाईंको प्यानलले के–कस्ता एजेण्डा लिएर अघि बढ्ने सोच बनाउनु भएको छ ?

म वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलबाट उठ्दै छु । महासंघलाई अहिले सक्षम नेतृत्व चाहिएको छ । कोरोना प्रकोपले हाम्रो अर्थतन्त्र नै धराशायी अवस्थामा छ । यसलाई पनि माथि लैजाने तबरबाट जानसक्ने नेतृत्व नेपाल उद्योग वाणिज्य संघमा चाहिन्छ । सरकारलाई पनि साथमा लिएर जाने, समन्वय र सहकार्य गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक परेको छ । यदि त्यसो भएमा निजी क्षेत्रले सुविधा लिनसक्ने र सरकारलाई दिन सक्ने अवस्था बन्छ । त्यही पक्षलाई व्यवस्थापन गर्न सक्ने नेतृत्व महासंघलाई चाहिएको छ । यसरी हेर्दा, निजी क्षेत्रलाई बुझ्नु भएका र भिजन भएका एकमात्र व्यवसायी चन्द्रप्रसाद ढकाल अब महासंघको नेतृत्वमा आउनुपर्छ ।

चुनावको मिति नजिक आइसक्यो, अब भोलि (शनिबार) मतदान हुँदैछ, प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघ सबै उद्योगी व्यवसायीको साझा संस्था हो । निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पनि यो अधिवेशनलाई महत्त्वका साथ लिइएको छ । म पनि एउटा जिम्मेवारीमा उठ्दै छु । चुनाव प्रचारप्रसार चलिरहेको छ । कोरोना प्रकोपका कारण पहिले र अहिलेको चुनावी अभियानमा धेरै फरक आएको मैले पाएको छु । कोरोना महामारीका कारण अहिले मान्छेलाई घरमै गएर भेट्ने अवस्था छैन । फोनमा कुरा भइरहेको छ । एसएमसमार्फत् साथीहरूलाई मेरो उम्मेदवारीका सन्दर्भमा जानकारी गराइरहेको छु । हाम्रो एजेण्डाहरूलाई मतदाता साथीहरूसम्म पु¥याउने प्रयत्नमा निरन्तर लागिरहेका छौं । अधिवेशन केही दिन मात्रै बाँकी रहेकाले पनि हामीले हाम्रो एजेण्डालाई व्यवसायी साथीहरूमाँझ पु¥याउने जमर्को तीव्रतर रुपमा गरिरहेका छौं ।

तपाईंहरूले मतदातासमक्ष आफूलाई जिताउन आग्रह गरिरहँदा उहाँहरूको प्रतिक्रिया के छ ?, मतदाताहरूले नेतृत्वबाट कस्तो अपेक्षा गरिरहेका छन् ?

मतदाता साथीहरूले हाम्रा एजेण्डामा मन पराउनु भएको छ । कोरोना प्रकोपबाट थलिएको आर्थिक अवस्थालाई सुधार गर्न पनि हाम्रो टिमले जित्नुपर्छ भन्ने प्रक्रिया मतदाताबाट आएको छ ।

उद्योगी व्यवसायीको हित गर्ने तपाईंहरूसँग के–कस्ता एजेण्डा छन् ?

व्यवसाय गर्न देशमा शान्ति सुरक्षा चाहिन्छ । लगानीको सुरक्षा हुनुपर्छ । यसका लागि सबैलाई समेटेर अघि बढाउन र सरकारसँग पनि समन्वय गर्न सक्ने गरी हाम्रा कार्यक्रम बनेका छन् । महासंघमा जितेपछि सबैलाई मिलाएर लानसक्ने किसिमको क्षमता भएको मान्छे पनि चन्द्रप्रसाद ढकाल नै हुनुहुन्छ । र, उहाँको टिम पनि सशक्त छ । हामी चुनाव पनि जित्छौं । तर, यो प्यानल १३ गतेसम्म मात्रै हुन्छ । त्यस पश्चात हामीले सबैलाई मिलाएर लैजानुपर्छ । हामीसँग त्यसैअनुसारको क्षमता पनि हुनुपर्छ । र, अघि बढ्नुपर्छ । सरकारसँग समन्वय गर्दै निजी क्षेत्र एकताबद्ध बनाएर लैजानसक्ने टिम हाम्रो नै हो । आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा परेको कोरोना प्रकोपको असरलाई न्यूनिकरण गर्न र दीर्घकालीन रणनीति बनाएर अघि बढ्न हामी प्रतिवद्ध छौं ।

महासंघले सरकारसँग समन्वयको कुरा मात्रै गर्छ । उद्योगी व्यवसायीको खास एजेण्डा उठाउनै सक्दैन भन्ने आरोप लाग्छ, तपाईंको टिमले यस विषयमा कस्तो खाका तय गरेको छ ?

नेपाल उद्योग वाणिज्य महासंघलाई चलायमान गराइराख्न र गति दिन पनि चन्द्रप्रसाद ढकालको टिमले जित्नुपर्छ । हो, सरकारसँग अपेक्षा बढी र काम कम भएकै हो । तर, अब त्यस्तो हुँदैन । उद्योगी व्यवसायीको हरेक सवालमा सरकारलाई जिम्मेवार बनाउन नै हामीले आवश्यक रणनीति बनाएका हौं ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट