ताइवानमा ६.३ म्याग्निच्युड भूकम्पको धक्का, ६ घण्टामा ८० वटा पराकम्पन-Sutra News

ताइवानमा ६.३ म्याग्निच्युड भूकम्पको धक्का, ६ घण्टामा ८० वटा पराकम्पन

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडाैं । सोमबार साँझ ५ बजेदेखि मध्यरात १२ बजेसम्म ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६.३ र ६ मापन गरिएको थियो ।



भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पका कारण हुआलियनमा दुई वटा भवनमा क्षति पुगेको छ ।

जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । वैशाख ३ गते गएको भूकम्पमा हालसम्म १४ जनाको मृत्यु भएको खबर छैन ।

यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।

ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । गत अप्रिल ३ को भूकम्पमा क्षतिग्रस्त भएको हुआलियनस्थित होटल पछिल्लो भूकम्पका कारण अलिकति झुकेको दमकल विभागले जनाएको छ ।

ताइवानमा यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजारभन्दा बढीको ज्यान गएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट