विमानको उडान ढिला भएपछि पाइलटमाथि मुक्का !-Sutra News

विमानको उडान ढिला भएपछि पाइलटमाथि मुक्का !

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा इण्डिगो फ्लाइटका क्याप्टेनमाथि कुटपिट भएको छ । कुटपिट गरेको आरोप साहिल कटारिया पक्राउ परेका छन् ।



कुटपिटपछि सार्वजनिक भएको भिडिओमा उनी पाइलटसँग माफी मागेको देखिन्छ । विमानका पाइलटले उडान ढिलाइको बारेमा जानकारी दिइरहेका थिए । जसका कारण साहिल रिसाए ।

आइतबार साँझ भएको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना दिल्लीबाट गोवाका लागि इण्डिगोको फ्लाइट (६ई-२१७५) मा भएको हो ।

दिल्ली प्रहरीका अधिकारीले भने, “हामीले उजुरी प्राप्त गरेका छौँ, उचित कानूनी कारबाही गरिरहेका छौँ ।”

पहिलो भिडिओ क्लिपमा चालक दलका अन्य सदस्यहरूले पाइलटलाई मुक्का हानेपछि कराएको देख्न सकिन्छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण विमानले उडान भर्न १३ घण्टा ढिला भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट