‘घरवाली पैसा खन खन…’ सार्वजनिक (भिडियो)-Sutra News

‘घरवाली पैसा खन खन…’ सार्वजनिक (भिडियो)

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

काठमाडौं- चर्चित संगीतकार कमल अधिकारीको शब्द तथा संगीत संयोजनमा म्युजिक भिडियो ‘घरवाली पैसा खन खन…’ सार्वजनिक गरिएको छ ।



विष्णु थापा (सरगम) को स्वर रहेको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको हुन् ।

भिडियोमा नायक पल शाहकी घरवालीको रूपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा मायाको द्वन्द्व र मिलन मिसिएको देख्न पाइन्छ ।

निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । भिडियोको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट