कालीप्रसाद ‘चिलगाडी’ मा-Sutra News

कालीप्रसाद ‘चिलगाडी’ मा

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं- चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुलीको निर्देशनमा निर्माण हुने चलचित्र ‘चिलगाडी’ मा संगीतकार कालीप्रसाद बास्कोटालाई अनुबन्धित गरिएको छ ।



संगीतकार बास्कोटाले उत्कृष्ट गीत बनाउने अपेक्षा गरिएको छ । उनका पहिलेका गीत/संगीत जस्तै ‘चिलगाडी’को गीतले पनि दर्शक/श्रोताको माया पाउने आशा निर्माण टिमले गरेको छ ।

चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन यसअघि नै अनुबन्धित भइसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि भने भइरहेको छ ।

सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्रको (०७७ असोज) फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ । चलचित्र सेलिब्रेटी नेपालको ब्यानरमा बन्न लागेको हो ।

सामाजिक विषयवस्तुमा निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देश दिने निर्माण पक्षको दाबी छ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट