राजेशपायल राई र निलमको ‘पूर्वै शहर’ (भिडियो)-Sutra News

राजेशपायल राई र निलमको ‘पूर्वै शहर’ (भिडियो)

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं- लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वरमा ‘पूर्वै शहर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।



निलमको संगीतमा रहेको गीतका शब्द आलोक चाम्लिङ राईले लेखेका हुन् । प्रवासमा बसेर जन्मभूमिलाई माया गर्नेहरूको अवस्थालाई देखाइएको गीतको निर्देशन शन्तकुमार राईले गरेका छन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।

म्युजिक भिडियोको छायांकन बेलायतमा गरिएको हो । बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रूपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनरसमेत रहेका सुमन श्रेष्ठले भिडियोको छायांकन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट