कस्तो छ साम्राज्ञी अभिनित पहिलो भिडियो ?-Sutra News

कस्तो छ साम्राज्ञी अभिनित पहिलो भिडियो ?

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- अभिनेत्री साम्राज्ञी आरएल शाह पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी छिन् । उनी नेहा आरएल शाहको आवाज रहेको ‘तिमी र म…’ बोलको गीतमा मोडलको रूपमा देखिएकी हुन् । साम्राज्ञीलाई यस गीतमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन् ।



गायिका नेहा आरएल शाह अभिनेत्री साम्राज्ञी आरएल शाहकी आमा हुन् । साम्राज्ञीले आमाले गाएको गीत भएर नभई गीतको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको बताएकी छिन् । तिमी र म बोलको गीतको भिडियो बोधी एचडी युट्युब च्यानलबाट सार्वजनि गरिएको हो ।

बोधी एचडी च्यानलका लागि रमेश एम के पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन विशेषदेव पाण्डेले गरेका हुन् । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ । गायन क्षेत्रमा नेहा पहिले सक्रिय नभएता पनि अब भने सक्रिय रूपमा लाग्ने भएकी छिन् ।

यस अघि उनले गाएको ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीतले राम्रै प्रशंसा बटुलेको थियो । नेहाको आवाजमा रेकर्ड भएको र रिलिज हुन बाँकी आधा दर्जन गीतहरू क्रमश सार्वजनिक गरिंदै जाने जानकारी नेहाले दिइन् ।

भारतीय संगीत गुरुसँग चारवर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी गायिका नेहा आफू जीवन र जगतसँगै माया र जीवन संघर्षका गीत गाउन बढी मन पराउने बताउँछिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट