‘फेसबुकमा कुरा’ गीतका रचनाकार आचार्य भन्छन्- जहाँ रहेपनि नेपालीपन जीवित छ (भिडियो )-Sutra News

‘फेसबुकमा कुरा’ गीतका रचनाकार आचार्य भन्छन्- जहाँ रहेपनि नेपालीपन जीवित छ (भिडियो )

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

काठमाडौं- नेपाली साहित्य तथा गीत संगीतमा बाल्यकालदेखि नै अत्यन्त रूचि राख्ने (फेसबुकमा कुरा) गीतका रचनाकार गोपाल आचार्यको जन्मथलो भुटान र कर्मथलो नेपाल, भारत र अमेरिका हो ।



संघर्षमय जीवन-यापन गर्दै उनले नेपालमा रहँदा भुटानी सरणार्थी शिविरबाट एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् भने दार्जलिङबाट पनि उच्च शिक्षा हासिल गरेका छन् । दार्जलिङ रहँदा उनले विभिन्न पत्रपत्रिकामा रचनाहरू प्रकाशित गरिसकेका छन् ।

विगत १२ बर्षदेखि अमेरिकाको परिषद्बाट बोस्टनमा बसोवास गर्ने पुन: विज्ञानमा स्नातक गरि त्यसपछि मानसिक स्वास्थ्य विज्ञानमा स्नाकोत्तरसम्मकै शिक्षा हासिल गरेका छन् । उनी अमेरिकाकै पहिलो नेपाली भाषी भुटानी अमेरिकी मानसिक स्वास्थ्य थेरापिस्ट हुन् ।

यसअघि पनि आचार्यले समाज सेवामा अमेरिकी बसाइलाई प्रयोग गरेका छन् । उनले मानसिक स्वास्थ्य विभागमा विशेष गरी नेपाली भाषी भुटानी अमेरिकी तथा नेपाली आप्रवासीलाई १२ वर्षदेखि योगदान पुर्याएका छन् ।

उनी भन्छन्, ‘हामी संसारको जुनै ठाउँमा रहेपनि नेपालीपन जीवित नै रहन्छ । म नेपालमा रहँदा नेपालको गहिराहिमा त्यत्ति डुबेको थिइन्ँ । जति अहिले विदेशको बसाइमा हुन्छ । सायद, ‘नजिकको तीर्थ हेलाँ’ भनेझैं भएर होकी ।’

उनले अंग्रेजी साहित्यमा पनि लेखहरू पनि प्रकाशित गरेका छन् । उनी भन्छन्, ‘आफ्नो कार्य क्षेत्रमा पनि सेवाग्राही (बिरामी) लाई संगीत Prescribe गर्छन् ।

उनका बुबा राम, माता दमन्ता, दाजू नेत्र र आसाया आचार्य हुन् । उनीहरूलाई पनि उत्तिकै जिम्मेवारि बहन गर्दै समाजसेवामा निरन्तरता दिइरहेका छन् ।

गीतको जानकारी

विश्व माहामारीको चपेटामा दुखित् रहेका मेरा ‘भगवान्’ श्रोताहरूमा यो गीत मार्फत् थोरै भए पनि खुसी ल्याउने प्रयत्न गरेको छु ।

यस गीतमा गायक तथा संगितकार अशुसेन लामाको रहेको छ र टिम कार्टुन का साथमा बुगिबुगि च्यामपियन कविता नेपालीले साथ दिएकी छन् ।

यो भिडियोको सम्पूर्ण युट्युबबाट आएको आम्दानी संगीत क्षेत्रको च्यारिटिमा खर्च गरिने जानकारी गराउँछु ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट