फिल्म ‘भाँडाकुटी’ निर्माणको घोषणा, मुकुन र बेनिशा मूख्य भूमिकामा-Sutra News

फिल्म ‘भाँडाकुटी’ निर्माणको घोषणा, मुकुन र बेनिशा मूख्य भूमिकामा

शनिबार, १ कार्तिक २०७७

शनिबार, १ कार्तिक २०७७

काठमाडौं–घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ ।



सामाजिक दुरी कायम गर्दै राजधाीमा गरिएको एक कार्यक्रमबीच फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्मको फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ।
बैवाविक परिवेशसहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन्।

किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन्।ओस्कार फिल्म कलेज ‘पास आउट’ भएका यूवाहरुको समूह फिल्ममा हाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट