अभिनेता सुशान्तको पोष्टमार्टम रिपोर्ट पुनः विश्लेषण गरेर सिबीआईलाई पठाइयो-Sutra News

अभिनेता सुशान्तको पोष्टमार्टम रिपोर्ट पुनः विश्लेषण गरेर सिबीआईलाई पठाइयो

मंगलबार, १३ असोज २०७७

मंगलबार, १३ असोज २०७७

एजेन्सी- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम र भाईरेसाको रिपोर्टलाई भारतको ‘अल ईन्डिया इन्स्च्यिुड अफ मेडिकल साइन्स (एआईआईएमएस) ले पुनः विश्लेषण गरेर सिबीआईलाई सोमबार रिपोर्ट गरेको छ।



भारतीय सञ्चारमाध्यमका अनुसार एआईआईएमएसले सिबीआईलाई दिएको रिपोर्टमा सुशान्तको शरिरमा कुनै पनि किसिमको जैविक विषालु पदार्थ नभेटिएको विभिन्न स्रोतबाट आएका जानकारीमा खुलेको छ।

गत सेप्टेम्बर ७ मा एआईआईएमएको फरेन्सिक समूहले सुशान्तको मृत्युको कारण विषालु पदार्थ भएनभएको पत्ता लगाउन भाईसेरा परीक्षण गरेको थियो।

फरेन्सिक रिपोर्टको बारेमा बोल्दै एआईआईएमएसको फरेन्सिक मेडिकल बोर्डका प्रमुख डा.समिर गुप्ताले भनेका छन्, ‘एआईआईएमएस र सिबीआई दुवै सुशान्तको मृत्युको बारेमा सहमत छन्, तर, अझैं छलफल आवश्यक छ। कानुनी रूपमा  कुनै कुराको बिन्दुमा पुग्न थप अनुसन्धान हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट