रोजगारका लागि विदेश पठाइदिने भन्दै ४६ लाख ठगी गर्ने पक्राउ-Sutra News

रोजगारका लागि विदेश पठाइदिने भन्दै ४६ लाख ठगी गर्ने पक्राउ

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।



पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका २ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका ८ घर भई काठमाडौं महानगर २६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाइदिने भन्दै छ जना पीडित ३६ लाख तथा धर्मेन्द्रले युके पठाइदिने भन्दै दुई जना पीडितबाट ९ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका ६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट