फेरि फुट्यो जसपा, डा. लावतीको नेतृत्वमा पहिचानवादी समूह अलग-Sutra News

फेरि फुट्यो जसपा, डा. लावतीको नेतृत्वमा पहिचानवादी समूह अलग

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अशोक राईको नेतृत्वमा समूह अलग भएसँग डा. महेन्द्र लावतीको नेतृत्वमा पनि अर्को समूह अलग भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डा. लावती नेतृत्वको समूह जसपा नेपालबाट अलग भएको घोषणा गरेको हो । समूहले पहिचानवादी मोर्चाको पनि घोषणा गरेको छ ।



सात वर्षअघि डा. लावतीको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएको थियो । तर, जसपा विभाजनसँगै लावती समूह पनि अलग भएको हो ।

लावती समूहले पहिचानवादीहरुको मुद्दा दुवै जसपाबाट पूरा हुने नदेखेपछि बेग्लै पहिचानवादीहरुको मोर्चा गठन गरिएको बताएको छ । “जसरी जसपाले पहिचानको मुद्दालाई समात्यो, त्यो देखेपछि हामी पनि सहभागि भयौं तर, अहिले आएर जसपाबाटै पहिचानवादी आन्दोलनलाई धराशाही बनाउने स्थिति देखियो”, बिहीबार मोर्चा घोषणालाई सम्बोधन गर्दै डा. लावतीले भनेका छन्, “विभाजित भएका दुवै पार्टीबाट सम्भावना नदेखेपछि हामी नयाँ शिराबाट अगाडि बढ्न नयाँ मोर्चा गठन गरिएको छ ।”

यद्यपि, दुवै जसपासँग सहकार्यको सम्भावना रहेको भने डा. लावतीले बताए । पहिचानको मुद्दामा अन्य पहिचानवादीलाई समेटेर जाने लक्ष्य रहेको उनले बताए ।

डकेन्द्र थेगिङले जसरी इलाम–२ मा चुनावी अभियान चलाए, त्यो शैली देशव्यापी अभियान चलाउने उनले बताए । विभिन्न पार्टी, विभिन्न सामाजिक समूह तथा एनजिओहरुसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट