आज मिथुन, तुला र मकर राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, तुला र मकर राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

आज मिति २०८१ वैशाख २८ गते शुक्रबार । सन् २०२४ मे १० तारिख । बछलाथ्व तृतिया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन स्वास्थ्यमा सामान्य समस्या आउनुका साथै आर्थिक कारोबारमा पनि समस्या आउन सक्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । तथापि अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जाँगर बढ्ने र पुराना समस्या सुल्झाउने अवसर मिल्ने योग छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

बृष

मिश्रित फल दिने समय छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहला । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकर हुनेछ । नयाँ काम तथा अवसर मिल्ने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहने छ । वैदेशिक कार्यहरू सुचारु भएर जालान् । आय बढ्ने छ । आरोग्यता रहने छ । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने छ ।

मिथुन

उद्योग व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । गरिएका कर्मको उचित प्रतिफल पाइने छ । तर, चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्व बढ्ने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल हुनेछ ।

कर्कट

आजको विशेष निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काम रोकिनुका साथ मानसम्मानमा आघात पुग्न सक्छ । विगतको श्रमबाट भने लाभ हुनेछ । अध्ययन अध्यापनमा अवरोध आउने योग छ । माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ, होसियार रहनुहोला । कर्मबल बढ्नेछ, रोकिएको काम बन्ने छ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह

आय व्ययलाई हेर्दा समय मध्यम रहनेछ । खर्चका बाध्यताहरू आइपर्ने छन् । नगद लेनदेन आजको दिन नगर्नु हितकर हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । विभिन्न उपहार प्राप्त हुने र सहयोगीहरूले राम्रो साथ दिने छन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या

विश्वासघात हुने समय रहेकोले गोपनीयतामा सावधानी अपनाउनुपर्ला । विदेश बसोबासको प्रयासमा रहेकालाई सजिलै अवसर मिल्ला । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेकालाई मिलनको अवस्था सिर्जना हुने समय छ । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला

व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने समय छ । सोचेको समयमा कार्य सम्पादन होला । अचल सम्पत्ति जोड्ने योग छ । धेरैले तपाईंका कामको तारिफ गर्ने छन् । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । मित्रजनसँग भने असमझदारी वा मनमोटाव बढ्न सक्छ, सचेत रहनुहोला । निर्णायक क्षमतामा कमी आउला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । निरन्तर गोपनियतामा रहनु उचित हुनेछ । भुलेका मित्रजनले सम्झने छन्, तर कसैसँग वादविवाद पनि हुन सक्छ । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्छ, होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याको सम्भावना रहेकोले खानपानमा सजक रहनुहोला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु

व्यस्तता बढ्नेछ । घरेलु समस्याले सताउने, मित्रजन तथा आफन्तहरूले धोका दिन सक्ने समय छ । पति–पत्नीबीच विवाद बढ्ने योग छ । तपाईंका कमी कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ, सचेत रहनुहोला । सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

धन आर्जन हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । काम लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारिक सुख बढ्नेछ । सन्तानपक्षबाट सन्तोष मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ

बोलीको प्रभावमा अरुको विश्वास जितेर काम अघि बढाउन सकिने समय छ । खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, सचेत रहनुहोला । शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ने छ ।

मीन

आजको दिन आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । निको भइसकेको रोगले पुनः सताउने योग छ । लामो समयदेखि रोकिएको काम बन्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । सभासमारोहमा सम्मानित हुनु हुनेछ । आफन्तको साथ कमै मिले पनि साझेदारीको काम बन्ने छ । सुख सुविधाको वस्तु बढ्ने छन् । समस्याको समाधान मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट