सलमान खानको ‘सिकंदर’मा ‘श्रीवल्ली’को प्रवेश, दर्शकमा उत्साह-Sutra News

सलमान खानको ‘सिकंदर’मा ‘श्रीवल्ली’को प्रवेश, दर्शकमा उत्साह

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडाैं । बलिउड अभिनेता सलमान खानले यसै वर्षको इदको अवसर पारेर आफ्नो आगामी ‘सिकंदर’को घोषणा गरेका थिए । जस अनुसार सलमानले आउँदो वर्षको इदमा आफू सिकन्दरको भूमिकामा आउने बताइ सकेका छन् ।



अब यो फिल्मलाई लिएर केही नयाँ अपडेट सार्वजनिक भएको छ । आमिर खानको सुपरहिट फिल्म ‘गजनी’का निर्देशक एआर मुरुगादासले निर्देशन गर्न लागेको यो फिल्मको नायिकाको बारेमा ठूलो अपडेट आएको हो ।

मुख्य नायिकाको रुपमा चर्चित साउथ अभिनेत्री रश्मिका मण्डनालाई कास्ट गरिएको छ । फिल्म ‘सिकन्दर’को कास्टमा सामेल भएसँगै रश्मिकाले पहिलो पटक बलिउडका दबंग खानसँग जोडिका रुपमा देखिने भएकी छिन् ।

अभिनेत्री रश्मिका मन्डन्नाको साउथमा फ्यान फलोइङ बलियो रहेको छ । साउथ अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ रिलिज हुँदा उनले यसमा ‘श्रीवल्ली’को भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि फिल्म ‘एनिमल’ मा रणवीर कपुरकी पत्नी गीताञ्जलीको चरित्र गरेर त उनले फ्यान फलोइङ झनै बढाएकी छन् । यति धेरै सफलता पाएपछि अब रश्मिका लागि अर्को ज्याकपट हात लागेको हो ।

पिंकभिल्लाको रिपोर्टका अनुसार रश्मिकाको सलमानसँगको यो पहिलो फिल्म हुनेछ, जसका लागि उनी बोर्डमा आएकी छिन् । भनिएको थियो, ’साजिद नाडियाडवाला नयाँ जोडीको खोजीमा थिए किनभने स्क्रिप्टमा यस्तो माग थियो। उनले रश्मिकालाई आफ्नो भागको स्क्रिप्ट सुनाए र यो सुनेर अभिनेत्री निकै उत्साहित देखिएकी थिइन् ।

यति धेरै सफलता पाएपछि अब रश्मिकाले ज्याकपट हानेकी छिन् । उनी सिधै बलिउड सुपरस्टार सलमान खानको फिल्ममा प्रवेश गरेकी छन् ।

यो फिल्ममा जोडीएपछि रश्मिकाले उत्साहितका साथ इन्स्टाग्राममा प्रतिक्रिया दिँदै लेखेकी छिन्, ’तिमीहरूले मलाई लामो समयदेखि अर्को अपडेटको लागि सोध्दै थियौ र यो यहाँ छ, आश्चर्य । म साँच्चै कृतज्ञ छु र एक हुनुमा सम्मानित छु । सिकन्दरको हिस्सा बन्न पाउँदा खुसी छु ।

यता, फिल्मको छायांकन पनि सुरु भइसकेको छ । आज ९ मेमा सुटिङ सुरु हुनेबित्तिकै ‘सिकंदर’को सेटबाट सलमान खानको तस्बिर भाइरल भइ सकेको छ । तस्बिरमा अभिनेता सेटमा एक केटीसँग पोज दिइरहेको देखाइएको छ । ‘किक’, ‘जुडवा’ र ‘मुझसे शादी करोगी’ जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेपछि सलमान खान र साजिद नाडियाडवाला ‘सिकंदर’को लागि फेरि एकसाथ आउँदैछन् ।

फिल्मलाई साजिद नाडियाडवालाको ब्यानर नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले निर्माण गरिरहेको छ । फिल्ममा सलमान र रश्मिकाको जोडीले हुने भएपछि दर्शकमा उत्साह पैदा भइसकेको छ । २०२५ को ईदमा सलमान र रश्मिकाको जादुले दर्शकमाझ काम गर्ने छ । फिल्म ईद २०२५ मा विश्व भर रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट