वर्षा र अमरप्रतापको ‘मोदीबेनी’ साउन १८ मा आउने-Sutra News

वर्षा र अमरप्रतापको ‘मोदीबेनी’ साउन १८ मा आउने

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका वितरक करण श्रेष्ठले यो फिल्मलाई आगामी साउन १८ गतेदेखि प्रदर्शन गरिने जानकारी दिएका हुन् ।



बिहीबार सुत्रन्यूजसँग कुराकानी गर्दै यो फिल्मको एफडी कम्पनी र रिच इन्टरटेण्डमेन्टले वितरणको जिम्मा लिएको छ । ‘निर्माण टोलीसँग सम्झौता गर्दै उपत्यकामा रिच इन्टरटेण्डमेन्टले र भ्याली बाहिर एफडीले वितरण गर्ने भएका छौँ, नयाँ मेकर केही हौसला होस् भन्ने हिसाबले हामीले सहमतिमा नै प्रदर्शन मिति रोजेका हौँ,’ श्रेष्ठले भने ।

वर्षा सिवाकोटी र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको फिल्मको दुई चरण गरी करिब दुई महिनाअघि छायांकन सक्काइएको थियो ।

यस फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । अभिनेत्री उप्रेतीले

अभिनेताको रूपमा अमर प्रतापले यस फिल्मबाट डेब्यू गरेका छन् भने अभिनेत्री रेजिनाले यसै फिल्मबाट झण्डै ९ वर्षपछि कमब्याक गरेकी छिन् । निर्देशक कोइरालाले पनि यस फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

शंकर कोइरालाको निर्देशनमा बनेका यो फिल्मले पर्वतको मोदीबेनी क्षेत्रको कथालाई समावेश गरिएको छ । जसमा करिब ३५-४० वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइएको यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा शिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई लगायत कलाकारको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता छन्। उत्सव दाहालले फिल्मको छायांकन गरेका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट