भ्रष्टाचारको आरोपमा नगर प्रमुख र अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचारको आरोपमा नगर प्रमुख र अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



अख्तियारले जलेश्वर १ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पीपीसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर पाँच लाख ८४ हजार रुपैयाँ भुक्तानी लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सोनार, उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इञ्जिनियर पवन कुमार झा, इञ्जिनियर राकेश कुमार चौधरी रहेका छन् ।

यस्तै, सब इञ्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर १ का वडाध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउँदै मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट