मन्त्रिपरिषद् बैठकमा गएनन् मन्त्री उपेन्द्र-Sutra News

मन्त्रिपरिषद् बैठकमा गएनन् मन्त्री उपेन्द्र

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् ।



जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका हुन् । उनी विदेशमा हुँदा जसपा विभाजित भएको थियो ।

आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव विदेशमै हुँदा राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएपछि सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको उनको आरोप थियो ।

यादव बैठक छाडेर पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट