९३औं अस्कर अवार्डका लागि आवेदन खुला-Sutra News

९३औं अस्कर अवार्डका लागि आवेदन खुला

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औं ओस्कार अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ। समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको ओस्कारकमिटीलाई बुझाउन आह्वान गरेको छ।



यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो। नयाँ मितिअनुसार ओस्कार अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ।

अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको ओस्कार कमिटीलाई बुझाउनु पर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट