गुलाबी रंगमा जीवन: एक शिक्षक, जसको घरदेखि जुत्तासम्म गुलाबी रंगका मात्रै छन्-Sutra News

गुलाबी रंगमा जीवन: एक शिक्षक, जसको घरदेखि जुत्तासम्म गुलाबी रंगका मात्रै छन्

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

एजेन्सी- स्विजरल्याण्डकी यास्मीनलाई गुलाबी रंग यति धेरै मनपर्छ किन उनले आफूले लगाउने कपडा,घर,जुत्ता सबै यहि रंगको बनाएकी छिन्।



पेशाले शिक्षक यास्मीनलाई उनका विद्यार्थीहरूले पनि ‘मिसपिंक’ भनेर बोलाउँछन्। आफ्नो तस्बिर र जीवनशैलीका कारण अहिले यास्मीन सामाजिक सञ्जालमा निकै चर्चामा आएकी छिन्।

३२ वर्षकी यास्मीन चार्लेटका अनुसार विश्वमा उनी मात्रै एक्लो महिला होइनन्, जसलाई एउटै रंग मात्रै मन पर्छ। केही महिलाहरू दुनियाँमा विशेष रंगकै कारण चर्चामा आएका हुन्छन्। यास्मीन पनि यसरी नै गुलाबी रंग मन पराउनाले आफू चर्चामा आएको बताउँछिन्।

बाल्कालबाटै मन पथ्र्यो गुलाबी रंग

अरूको देखाखिसी गरेर आफूले आफूलाई ‘गुलाबी’ नबनाएको बताउँछिन् यास्मीन। उनी बाल्यकालबाटै आफूलाई यो रंगप्रति आकर्षण रहेको बताउँछिन्। उनी १२ वर्षको हुँदा उनले पहिलोपटक गुलाबी रंगको कार्डिगन र केही टाउजरहरू किनेकी थिइन्।

१३ वर्षको उमेरबाट यास्मीनलाई गुलाबी रंग अत्याधित मन पर्न लागेको थियो। उनी भन्छिन्, ‘उमेर बढ्दै गएपछि मलाई यो रंगप्रति निकै आकर्षण भयो।’

यास्मीन आफूले १६ वर्षको उमेरमा पहिलोपटक गुलाबी रंगको कलेक्सन बनाएको बताउँछिन्। आफ्नो श्रीमानसँग बस्न थालेपछि उनको श्रीमानलाई पनि गुलाबी रंगले कुनै समस्या थिएन्। विवाहपछि उनको कलेक्सन झन् ठूलो भएको उनी बताउँछिन्।

२०१९ मा यास्मीनले आफ्नो फ्ल्याट  किनेकी थिइन् र आफ्नो श्रीमानको साथमा त्यो फ्ल्याटलाई गुलाबी ‘स्वर्ग’ बनाएकी थिइन्। फ्ल्याको ढोका, पर्दा, फर्किचर, सजावटका सामान, बेडरुम, तौलियादेखि हरेक चिजलाई उनले गुलाबी रंगको बनाएकी थिइन्।

यास्मीनका अनुसार उनीसँग अहिले १०० भन्दा बढि गुलाबी रंगका जुत्ताहरू छन्। आफू शिक्षक हुनुभन्दा अघि यास्मीन कपडा बनाउने काम गर्थिन्। उनले केही कपडा आफूले नै डिजाइन गरेकी छिन्। गुलाबी रंगकै कलेक्सन बनाउनका लागि उनले आफैंले कपडाको डिजाइन गर्ने र केही कपडा भने अनलाइनबाट किन्ने गरेको बताइन्।

विगत २० वर्षदेखि यास्मीनले गुलाबी बाहेक कुनै पनि रंगको कपडा नलगाएको बताउँछिन्। यास्मीनका अनुसार उनको दरजमा गुलाबी रंगको कपडाले भरिएको छ। उनले पढाउने गरेको विद्यालयमा पनि उनलाई गुलाबी रंगको कपडा लगाउनबाट कसैले पनि नरोक्ने गरेको उनी बताउँछिन्।

111111_1600873020.png87452_1600873005.png95847_1600872993.png15847_1600872976.png

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट