साताको अन्तिम कारोबार दिन शेयर बजार बढ्यो-Sutra News

साताको अन्तिम कारोबार दिन शेयर बजार बढ्यो

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ ।



बिहीबार शेयर बजार ५.६३ अंकले वृद्धि भई १९६६.२३ विन्दुमा पुगेको हो । जसमध्ये ओरियन्टल होटलको शेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशत बढेको छ ।

त्यस्तै, सिटी होटलको शेयर करिब ८ प्रतिशत बढेको छ भने सोल्टी होटलको करिब साढे ७ प्रतिशत बढेको छ ।

नेप्सेसँगै आज दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन साढे दुई अर्बको शेयर खरिद बिक्री भएको बजारमा आज तीन अर्ब १२ करोड रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट