बलिउडमा लागुऔषध प्रकरण: एनसीबीद्वारा दिपीकासहित तीन अभिनेत्रीसँग सोधपुछ-Sutra News

बलिउडमा लागुऔषध प्रकरण: एनसीबीद्वारा दिपीकासहित तीन अभिनेत्रीसँग सोधपुछ

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

एजेन्सी- भारतको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले बलिउडमा लागुऔषधको प्रकरणमा विभिन्न भारतीय कलाकारसँग सोधपुछ गरेको छ।



शनिबार एनसीबीले दिपीका पादुकोन, श्रद्धा कपुर, सारा अलि खान र दिपीकाकी म्यानेजर करिस्मा प्रकाशलाई पाँच घण्टाभन्दा लामो सोधपुछ गरेको हो।  

एनसीबीले लागुऔषधको मुद्दामा थप एकजनालाई पक्राउ पनि गरेको छ। धर्माटिक ईन्टरटेनमेन्टका पूर्वनिर्माता क्षितिजलाई शनिबार पक्राउ गरेर हिरासतमा लिएको हो।

शनिबार बलिउडका तीन अभिनेत्री र एक म्यानेजरलाई लागुऔषधसँग उनीहरुको सम्बन्धको बारमो सोधपुछ गरिएको थियो। एनसीबीले चारै जनाको बयान लिएको छ। सोधपुछका क्रममा दिपीका पादुकोनले लागुऔषधको बारेमा बाहिरिएको च्याट आफ्नो भएको पनि स्विकारेकी छिन्।

एनसीबीले दिपीका र अन्य अभिनेत्रीको मोबाइल फोनलाई थप जाँचका लागि जफत गरेको छ। दिपीका अनुसार बाहिरिएको उक्त च्याट सन् २०१८ को हो।

गत जुन १८ मा आफ्नो अपार्टमेन्टमा मृत भेटिएका सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा निकै उतार चढाव आइरहेको छ। सुरुवातमा नातावाद र अहिले लागुऔषधको विषयले बलिउडको माहोल निकै तताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट