‘डान्सिङ विथ द स्टार्स’मा ६ जना प्रतिष्पर्धीको प्रस्तुति नै नदेखाइ भोटिङ खुल्ला-Sutra News

‘डान्सिङ विथ द स्टार्स’मा ६ जना प्रतिष्पर्धीको प्रस्तुति नै नदेखाइ भोटिङ खुल्ला

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं– हिमालयन टेलिभिजनबाट अघिल्लो साता ग्रान्ड प्रिमियरसहित सुरु भएको पहिलो ‘डान्सिङ विथ द स्टार्स’को शुक्रबार राति पहिलो एपिसोड प्रसारण भयो । कार्यक्रममा पाँचजना स्टार प्रतिष्पर्धी हरि खड्का, फुलन्देकी आमा, रक्षा श्रेष्ठ, सृष्टि केसि, बालकलाकारद्वय देवान्शी बैदवार र सिद्धार्थ श्रेष्ठले आ–आफ्नो कोरियोग्राफरसहित नृत्य प्रस्तुत गरे।



कार्यक्रमको सुरुवातमै शुक्रबार ५ जना र शनिबार बाँकी ६ जना प्रतिष्पर्धी स्टारको प्रस्तुति देखाइने घोषणा गरिएको थियो । तर, कार्यक्रमको अन्त्यतिर उद्घोषिका पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले दर्शक चकित पार्ने घोषणा गरिन्, ‘हाम्रा ११ जोडीहरुको भोटिङ पनि खुल्ला भइसकेको छ । यहाँहरुले आफूलाई मनपर्ने जोडीलाई आइएमइ एप डाउनलोड गरि इभेन्ट्समा गएर ‘डान्सिङ विथ द स्टार्स’ पत्ता लगाएर आफ्नो फेभरेट जोडीको फोटोमा भोट गर्न नबिर्सिनुहोला ।’

बाँकी ६ जना प्रतिष्पर्धीको प्रस्तुति बाँकी नै रहेको बेलामा उनले सबै ११ जना प्रतिष्पर्धीकै लागि भोटको अपिल गरेपछि यो शो पहिलो एपिसोडबाटै विवादमा तानिने देखिएको छ । बाँकी ६ जना प्रतिष्पर्धीको प्रस्तुति नै नहेरिकन के–का आधारमा दर्शकले उनीहरुलाई भोट गर्ने? कि उनीहरुको अनुहारकै भरमा ? प्रश्न उठेको छ । 

उसै त नेपालमा हुने अधिकांश रियालिटी शोहरुलाई भोटबाट महंगो रकम असुल्दै आम्दानी गरिरहेको आरोप लागिरहेका बेला ‘डान्सिङ विथ द स्टार्स’को यस्तो आह्वानले त्यसमा झन् बल पुर्‍याएको छ ।

यस शोको निर्णायकमा अभिनेत्री गौरी मल्ल, अभिनेता दिलिप रायमाझी र कोरियोग्राफर रेनशा बान्तवा राई रहेका छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट