भारतीय गायक एसपी बालसुब्रमन्यमको निधन-Sutra News

भारतीय गायक एसपी बालसुब्रमन्यमको निधन

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

मुम्बई- चर्चित भारतीय गायक एसपी बालसुब्रमन्यमको निधन भएको छ। चेन्नाईस्थित एक अस्पतालमा उपचाररत रहेका सुब्रमन्यमको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।



उनलाई करिब दुई महिनाअघि गत अगस्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। कोरोना भाइरसलाई एक महिनाअघि परास्त गरेपनि उनलाई भेन्टिलेटरबाट बाहिर राख्न सकिने अवस्था भने थिएन।

एमजिएम हेल्थ केयर अस्पतालका अनुसार बिहीबारबाट उनको अवस्था झनै बिग्रेको थियो। शुक्रबार उनको निधन भएको अस्पताल तथा उनको परिवारले पुष्टि गरेको छ।

हिन्दी, मराठी, कनार्टक, तेलगुलगायत भाषामा गीत गाउने सब्रमन्यमलाई भारतका विभिन्न कलाकारहरुले समवेदना प्रकट गरेका छन्। कमल हसन, सलमान खान, महेशबाबु, रामचरणलगायतका भारतीय कलाकारहरुले उनको मृत्युमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट