महामारी प्रभाव : अन्तर्राष्ट्रिय चलचित्र मेला यो बर्ष नहुने-Sutra News

महामारी प्रभाव : अन्तर्राष्ट्रिय चलचित्र मेला यो बर्ष नहुने

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

गोवा– भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नहुने भएको छ। यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ। यस बर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो।



भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन्। आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो।

उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस बर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ।’

विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठित बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो। एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट