अभिनेता नवाजुद्दिन सिद्धिकीमाथि बलात्कारको आरोप-Sutra News

अभिनेता नवाजुद्दिन सिद्धिकीमाथि बलात्कारको आरोप

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं–भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीमाथि बलात्कारको आरोप लागेको छ । सिद्धिकीलाई उनकी टाढिएकी श्रीमति आलिया सिद्धिकीले सुबुरवन भेर्सोभा प्रहरीमा बुधबार उजुरी दिएकी हुन् ।



भारतीय संञ्चारमाध्यमका अनुसार बुधबार आलियाले लिखित उजुरी दिएकी थिईन् । प्रहरीका अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारका अनुसार हालसम्म सिद्धिकीमाथि एफआईआर दर्ता गरिएको छैन् । प्रहरीले आरोपको पुष्टि गरेर मात्रै उनीमाथि मुद्दा दायर गर्ने बताईएको छ ।

प्रहरीले अभिनेता सिद्धिकीलाई सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा नआएको बताईएको छ ।आलियाले गत हप्तामात्रै उत्तर प्रदेशस्थित मुजफ्फरनगरको बुधाना प्रहरीमा सिद्धिकी र उनको परिवारका चार सदस्यमाथि उजुरी दिएकी थिईन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट