बलिउड कलाकारलाई लागुऔषध किनिदिने जया शाहसँग सोधपुछ-Sutra News

बलिउड कलाकारलाई लागुऔषध किनिदिने जया शाहसँग सोधपुछ

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

मुम्बई- अभिनेता सुशान्त सिंह राजपुतकी म्यानेजर जया शाहले बुधबार भारतको नाकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) पुगेकी छन्। भारतीय कलाकारहरुलाई लागुऔषध प्रदान गर्ने आरोप लागेपछि छानबिनका लागि उनी एनसीबी पुगेकी हुन्।



उनले भारतीय कलाकारका लागि ‘सिबिडी’ तेल (एक प्रकारको लागुऔषध) खरिद गरिदिने गरेको बताएकी छन्। ‘टाइम्स नाउ’का अनुसार उनले लिएका नामहरुमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत, रिया चक्रवर्ती, श्रद्धा कपुर र मधु मन्तेना रहेका छन्।

एनसिबीको स्रोतका अनुसार उनले श्रद्धा कपुरका लागि अनलाइनमार्फत् सिबिडी खरिद गरेको उल्लेख गरेकी छन्। आफूले सुशान्त र रियासँगै चलचित्र निर्माता मन्तेना र आफ्नो लागि सिबिडी मगाएको उनले स्वीकारेकी हुन्। मन्तेनालाई पनि एनसिबीले बुधबार बिहान सोधपुछका लागि बोलाएको थियो।

सुशान्त सिंहको मृत्युसँग जोडिएका वाट्सएप च्याटहरु बाहिरिएपछि एनसिबीको आँखामा शाह परेकी थिइन्। ती च्याटमा लागुऔषधको विषयमा कुराकानी भएको देखिएपछि एनसिबीले शाहमाथि पनि छानबिन सुरु गरेको थियो।

लागुऔषधको विषयमा नाम आउने भारतीय कलाकारहरुमा दीपिका पादुकोन र सारा अलि खानसमेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट