‘तक्मे बुढा’सहित कलाकारहरुले सरकारको तक्मा पाउँदै-Sutra News

‘तक्मे बुढा’सहित कलाकारहरुले सरकारको तक्मा पाउँदै

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं- हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले नेपाल सरकारको कीर्तिमय राष्ट्रदीप (चतुर्थ) पदकबाट सम्मानित हुने भएका छन्। संविधान दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट विभिन्न विद्यामा कीर्ति कायम गर्ने व्यक्तिलाई दिइने सम्मान कीर्तिमय राष्ट्रदीप यस वर्ष राईले पाउने भएका हुन।



बाल्यकालबाटै कला क्षेत्रमा प्रवेश गरेका तक्मे बुढाले यसअघि प्रबल जनसेवा श्री चौथो पदकसमेत पाएका थिए। नेपाली हास्यंव्यंग्यमा नयाँ पुस्ताबाट निकै चर्चित रहेका राई झापाको बिर्तामोडबाट काठमाडौंमा आई कलाकारितामा संघर्ष गरेका थिए। केही हास्य टेलिशृङ्खला र पछिल्ला समय चलचित्रमा पनि प्रवेश गरेका राई अहिले युट्युब तथा सिनेमामा सक्रिय छन्।

त्यस्तै, आज सरकारले विभन्न शीर्षकमा दिने पदकमा विभिन्न कलाकारहरुलाई पनि समावेश गरिएको छ। जसमा तक्मे बुढासहित सुप्रबल जनसेवा श्री पदकबाट निशा पोखरेल (शर्मा) तथा नारदमणि हार्तम्छाली, कीर्तिमय राष्ट्रदिप (चतुर्थ) बाट उत्तम केसी लगायतले सम्मान पाउने भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट