अभिनेता सुशान्त सिंहको सम्झनामा प्रसंशकले बनाए मूर्ति-Sutra News

अभिनेता सुशान्त सिंहको सम्झनामा प्रसंशकले बनाए मूर्ति

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सम्झना विश्वभरका प्रसंशकहरुले विभिन्न कलात्मक सामग्री बनाइरहँदा भारतको पश्चिम बंगालस्थित असन्सोलका एक मूर्तिकारले सुशान्तको मैनको मूर्ति बनाएका छन्।



मूर्तिकार सुकन्टो रोयले मैनबाट सुशान्तको मूर्ति बनाएका हुन्। समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा रोयले भनेका छन्, ‘मलाई सुशान सिंह निकै मन पथ्र्यो। उनको मृत्यु हुनु निकै दुःखद् घटना हो।’ आफूले बनाएको मूर्ति आफ्नै संग्राहलयमा राखेको पनि उनले बताएका छन्। उनले भनेका छन्, ‘यदि उहाँको परिवारले मूर्ति चाहन्छ भने म अर्को नयाँ बनाइदिनेछु।’

यसअघि भारतका विभिन्न सेलिब्रेटीको मूर्ति बनाएका कारण रोय चर्चामा आएका थिए। उनले भारतीय अभिनेता अमिताभ बच्चन, भारतीय किकेट टिमका कप्तान बिराट कोहली लगायतको मूर्ति बनाएर चर्चामा आएका थिए।

अभिनेता सुशान्त गत जुन १४ मा बाद्रास्थित आफ्नै निवासमा मृत भेटिएका थिए। उनको मृत्युको घट्नामा अहिले भारतको सिबिआई, नार्कोटिक्स कन्ट्रोल ब्युरो र प्रवर्तक निर्देशनालयले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट