जया बच्चनलाई कंगनाको कडा जवाफ-Sutra News

जया बच्चनलाई कंगनाको कडा जवाफ

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

मुम्बई- बलिउड अभिनेत्री कंगना रणावतले सांसद तथा अभिनेत्री जया बच्चनको टिप्पणीको जवाफ दिएकी छन्। बच्चनले मनोरञ्जन क्षेत्रलाई सुरक्षा चाहिने र यसको अवस्था निकै कलंकित रहेको बताएकी थिइन्।



अभिनेता एवं अर्का सांसद रवि किसनले बलिउडमा ड्रग्सको प्रयोगबारे अभिव्यक्ति दिएपछि जयाले यस्तो अभिव्यक्ति दिएकी थिइन्।

कंगनाले जयालाई भनेकी छन्, ‘जयाजी, के तपाईँले तपाईँकी छोरी स्वताले कुटाई खाएको वा ड्रग्सको प्रयोग गरेको भए यस्तै अभिव्यक्ति दिनुहुन्थ्यो? यदि अभिषेकले आफूमाथि दुर्व्यवहार भएको र कुनै दिन ऊ झुण्डिएको अवस्थामा भेट्नुभएको भए यस्तै भन्नुहुन्थ्यो?’

कंगनाले कलाकारहरुप्रति पनि कुनै संवेदना राख्नुपर्ने बताएकी छन्। अर्कातिर, जयाले भने कसैको पनि नाम उल्लेख नगरी रवि किसनको अभिव्यक्तिाई लिएर लोकसभामा बलिउडलाई लिएर एक सदस्यले भनेको कुराले लज्जित भएको बताएकी थिइन्।

उनले भनिन्, ‘हिजो लोकसभाका एक जना सदस्य, जो आफैँ पनि फिल्म क्षेत्रबाट हुन्, उनले भनेको कुराले म लज्जित छु। मलाई लाग्छ, सरकारले त्यस्ता मान्छेलाई त्यो किसिमको भाषा प्रयोग नगर्न भन्ने छ।’

विगतमा कंगनाले बलिउडमा ड्रग्सको प्रयोगलाई लिएर बोलिरहेकी छन्। आफ्नै अपार्टमेन्टमा मृत भेटिएका सुशान्त सिंह राजपुतको मुद्दादेखि नै निरन्नतर बोलिरहेकी कंगनाले बलिउडमा ९९ प्रतिशतले ड्रग्स लिने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट