‘बलिउडमा चुरोट जसरी ड्रगको प्रयोग हुन्छ’-Sutra News

‘बलिउडमा चुरोट जसरी ड्रगको प्रयोग हुन्छ’

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

एजेन्सी– भारतीय अभिनेता सुशान्त सिंह राजपूतका नजिकका साथी अभिनेता तथा निर्माता युवराज एस.सिंहले बलिउडमा ‘ड्रग कल्चर’ प्रचलित मात्रै नभएर यो इन्डष्ट्रिमा कदम राख्ने बाटो भएको बताएका छन्। उनले बलिउडका अधिकांश कलाकारले कोकिनको प्रयोग गर्ने गरेको खुलासा गरेका छन्।



‘१९७० को दशकदेखि नै ड्रग्स चलनमा आएको थियो,’ युवराजले न्युज एजेन्सी आइएएनएससँग भनेका छन्, ‘त्यो बेला अहिले सामाजिक सञ्जालमा भएको जस्तो प्रचार थिएन्। तर, अहिले माध्यम भएकाले यसको खुलासा भइरहेको छ। इन्डष्ट्रिमा धेरैले कोकिनको प्रयोग गरेका छन्। केही अभिनेता र फिल्म निर्माता ड्रग्ससँग सम्बन्धित काम गरिरहेका छन्।’

‘बेइमान लव’ सिनेमाका अभिनेता रहेका युवराजले बलिउडमा चुरोट जसरी ड्रगको प्रयोग गरिने बताएका छन्। साथै, बलिउडमा हुने पार्टीमा ड्रगको प्रयोग हुने उनले बताएका छन्। मुख्यरूपमा बलिउडमा कोकिन र त्यसपछि एमडिएमए (एलएसडी) को प्रयोग गरिने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट