फिफाको रेटिङमा मेस्सी सबैभन्दा अगाडि, अरु खेलाडी को–कहाँ ? (सूचीसहित)-Sutra News

फिफाको रेटिङमा मेस्सी सबैभन्दा अगाडि, अरु खेलाडी को–कहाँ ? (सूचीसहित)

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

फुटबलको सर्वोच्च निकाय फिफाले सन २०२१ को लागि सम्पूर्ण फुटबल खेलाडिको रेटिङ सार्बजनिक गरेको छ। रेटिङको उत्कृष्ट दशको सूचिमा स्पेनिस क्लब बार्सिलोना र एटलेटिको मड्रीड, जर्मन क्लब बार्यन म्युनिख,इटालियन क्लब युभेन्टस,फ्रान्सेली क्लब पिएसजि र इङ्लिस क्लब लिभरपूल र म्यानचेस्टर सिटिका खेलाडीहरु परेका छन्।उत्कृष्ट दशभित्र पर्ने खेलाडीहरुमध्ये सबैभन्दा धेरै लिभरपूलका ३ जना, पिएसजिका २ जना र बाँकी क्लबका १/१ जना पर्न सफल भएका छन्। 



फिफाले बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीलाई सबैभन्दा धेरै ९३ रेटिङ पोइन्टका साथ पहिलो सूचीमा राखेको छ। मेस्सीका खास प्रतिद्धन्दी युभेन्टसका कृष्टियानो रोनाल्डो दोस्रो ,बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की तेस्रो ,म्यानचेस्टर सिटिका केभिन डिब्रुयना चौथो,पिएसजिका नेयमार सूचीको पाँचौ स्थानमा छन्। एटलेटिको मड्रीडका गोलकिप्पर ज्यान ओब्लाक ,लिभरपूलका डिफेन्डर भर्जिल भान डाइक,पिएसजिका किलियन एम्बाप्पे,लिभरपूलका मोहम्मद सालह र साडियो माने क्रमश: सूचिको दशौँ स्थानमा छन्।
top 10.jpg
समग्रमा रेटिङमा ९३ सहित सबैभन्दा अगाडि रहेका मेस्सीले गतिमा ८५,सुटमा ९२, पासमा ९१,डृबलिङमा ९५,रक्षामा ३८ र शारिरिकमा ६५ रेटिङ प्राप्त गरेका छन्।सूचिअनुसार डृबलिङमा सबैभन्दा अगाडि मेस्सी(९५) छन् भने गतिमा किलियन एम्बाप्पे(९६),सुटमा कृष्टियानो रोनाल्डो(९३),पासमा केभिन डिब्रुयना(९३)र शारिरिक र रक्षामा भर्जिल भानडाइक (८५),(९१)सबै भन्दा अगाडि छन्।

फिफा २१ को उत्कृष्ट लालिगा गोलकिप्परहरुमा एटलेटिको मड्रीडाका ज्यान ओब्लाक(९१) पहिलो स्थानमा छन भने बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगन(९०) दोस्रो र रियल मड्रीडका थिबौ कोर्टुवा तेस्रो स्थानमा रहेका छन्।
top 3.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट