तपाइँ बेलुकाकाे समयमा व्यायाम गर्नुहुन्छ ? जान्नुहोस् यसका फाइदा र बेफाइदा ?-Sutra News

तपाइँ बेलुकाकाे समयमा व्यायाम गर्नुहुन्छ ? जान्नुहोस् यसका फाइदा र बेफाइदा ?

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

विशेषगरी धेरै मानिसहरूले बिहानकाे समयमा व्यायाम गरिरहेका हुन्छन् । जसलाई नित्य कर्मकाे रूपमा पनि परिभाषित गरिएकाे छ ।



अर्काेतर्फ कतिपयले बेलुकाकाे समयमा पनि व्यायाम गरेकाे पाइन्छ । यसरी बिहानमा गरिने र बेलुकामा गरिने व्यायाममध्ये कुन उपयुक्त भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ ।

विज्ञहरू बिहान र बेलुकाकाे व्यायामकाे बेग्ला-बेग्लै महत्व हुने बताउँछन् । यद्दपि, यहाँ बेलुकाकाे समयमा गरिने व्यायामकाे फाइदा-बेफाइदाबारे चर्चा गर्ने प्रयास गरिएकाे छ ।

जानाैं बेलुकाकाे समयमा गरिने व्यायामकाे फाइदा तथा बेफाइदा ?

मोटोपनाबाट पीडित व्यक्तिहरूले बेलुका व्यायाम गर्नुपर्छ। भर्खरै गरिएको एक अनुसन्धान अनुसार साँझको समयमा कडा व्यायाम गर्नाले मुटु रोगको जोखिम कम हुन्छ ।

बिहान र दिउँसोको तुलनामा बेलुका व्यायाम गरेमा मुटु रोग, मधुमेह र टाइप–२ मधुमेहको जोखिम कम हुन्छ ।

साँझको व्यायामले मृत्यु र हृदय रोगको जोखिमलाई कम गर्छ, जसमा माइक्रो वेसल रोग (नेफ्रोपैथी, न्यूरोपैथी र रेटिनोप्याथी) को घटनाहरू पनि समावेश छन्।

यदि तपाई मोटोपना, बीपी र टाइप–२ मधुमेहका बिरामी हुनुहुन्छ भने बेलुकी हिँड्नु वा व्यायाम गर्नु निकै फाइदाजनक हुन्छ ।

मुटु रोगीका लागि साँझको समयमा व्यायाम गर्नु निकै फाइदाजनक हुन्छ । साँझको व्यायाम धेरै लाभदायक छ। त्यसैले बेलुका व्यायाम गर्नुपर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट