दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ-Sutra News

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडाैं । स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंकाे दरबारमार्गबाट २ जना पक्राउ परेका छन्।



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको हाे ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट