सातै प्रदेशमा ‘कोरोना संक्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ कार्यक्रम गर्दै कांग्रेस-Sutra News

सातै प्रदेशमा ‘कोरोना संक्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ कार्यक्रम गर्दै कांग्रेस

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘कोरोना संक्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयमा सातै प्रदेशमा कार्यक्रम गर्न लागेको छ। कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।



भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा नेता तथा कार्यकर्तासँग छलफल गर्न लागिएको कांग्रेसले जानकारी दिएको छ। जननेता बिपी कोइरालाको को १०७ औं जन्मजयन्तीको अवसरमा कांग्रेसले एक साताव्यापी कार्यक्रम तय गरेको हो। उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट