गगन–शेखरको निम्तालाई विश्वप्रकाश र प्रदिपले किन गरे अस्वीकार ?-Sutra News

गगन–शेखरको निम्तालाई विश्वप्रकाश र प्रदिपले किन गरे अस्वीकार ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । महामन्त्री गगनकुमार थापा र नेता विश्वप्रकाश शर्माले राखेको गुटगत भेलाको निम्तालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले अस्वीकार गरेका छन् । शर्माले राजनीतिक समस्याको निकास पार्टीभित्रैबाट खोज्नुपर्ने तर्क गरेका छन् ।



गगन–शेखर समूहले मंगलबार दिउँसो आफ्नो गुटगत भेला आयोजना गरेको छ । जुन भेलामा महामन्त्री शर्मा र नेता प्रदिप पौडेललाई पनि बोलाइएको थियो ।

भेला बस्नुअघि सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले आफू समग्र पार्टी बैठकमार्फत निकास खोज्ने पक्षमा रहेको सन्देश दिएका छन् । उनले घुमाउरो शैलीमा पार्टी बैठकको संयोजन र सम्पादन गर्ने जिम्मा नै आफूमा हुने भन्दै जिम्मेवारीका हिसाबले पनि गुटगत भेलामा सहभागि हुन नमिल्ने तर्क गरेका छन् ।

“समाजमा किन असन्तुष्टि छ ? हामी त्यसमा कति दोषी छौं ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ ? महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ”, सामाजिक सञ्जालमा उनले लेखेका छन्, “अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो, यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु ।”

कांग्रेसको १४औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भई महामन्त्रीमा विजयी भएका थिए । तर, संसदीय दलको चुनावमा भने उनले गगन थापालाई सघाएका थिए । त्यसयता उनलाई गगन–शेखर समूहको नेताको रुपमा चित्रण गरिएको थियो ।

गगन–शेखर समूहको भेलामा नेता प्रदिप पौडेल पनि सहभागि नहुने भएका छन् । उनी आज नै चीन जाँदैछन् । तथापी, चीन नगएको भएपनि उनी गुटगत भेलामा भने नजाने सन्देश नेताहरुलाई दिइसकेको बुझिएको छ ।

पछिल्लो समय महामन्त्री गगन थापा र नेता शेखर कोइराला खुलेर सरकारको विकल्पबारे बोल्न थालेका छन् । थापा र कोइरालाले पार्टी विभाजन नै विभाजन गरेर सरकार बनाउने तयारी गरेको पनि चर्चा चलिरहेको छ । यस्तोमा शर्मालगायतका नेताहरु झस्किएको देखिन्छ ।

सम्बन्धित समाचार

गुटगत गतिविधि बढाउँदै शेखर, केन्द्रीय कार्यसमिति बैठकअघि बोलाए भेला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट