गायक लामाको निधनमा कांग्रेसद्वारा दु:ख व्यक्त-Sutra News

गायक लामाको निधनमा कांग्रेसद्वारा दु:ख व्यक्त

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनमा नेपाली कांग्रेसले दु: ख व्यक्त गरेको छ ।



कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधबार एक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको हो ।

‘नेपाली लोकगीत संगीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको आज भएको असामयिक निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा उनले पुयाउनु भएको योगदान सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ । उनको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट