एक्सनमा शिक्षा मन्त्री : मनपरी काजमा बस्ने शिक्षकलाई कारबाही गर्ने तयारी-Sutra News

एक्सनमा शिक्षा मन्त्री : मनपरी काजमा बस्ने शिक्षकलाई कारबाही गर्ने तयारी

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । एकपछि अर्को महत्वपूर्ण निर्णय गरिरहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मनपरी काजमा बस्ने शिक्षकमाथि कारबाही गर्ने तयारी गरेकी छिन् । विभिन्न बाहानामा काजमा बसी अध्ययन–अध्यापनमा समस्या पारिरहेका शिक्षकमाथि कारबाही गर्ने मन्त्री श्रेष्ठको तयारी छ ।



मन्त्री श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् । जुन निर्देशनअनुसार मन्त्रालयले शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय पनि गरिसकेको जनाएको छ ।

मन्त्रीको श्रेष्ठको निर्देशनपछि सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ । गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरिएको जनाइएको छ ।

जुन निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको मन्त्रालयले जनाउको छ।

यसअघि मन्त्री श्रेष्ठकै निर्देशनपछि मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट