पार्टीमा गुटको अन्त्य गरे कसैले हराउन सक्दैन : शशांक कोइराला-Sutra News

पार्टीमा गुटको अन्त्य गरे कसैले हराउन सक्दैन : शशांक कोइराला

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं- कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुटको अन्त्य गरेर एकढिक्का बनाउनुपर्ने बताएका छन्। ‘बिपी विचारः नेपालको सम्मुन्नतिको मूल बाटो’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सो कुरा बताएका हुन्।



महामन्त्री कोइरालाले भने, ‘कांग्रेस पार्टी एक ढिक्का हुनका लागि गुट–उपगुटको अन्त्य हुनुपर्छ। हुन त अधिवेशनको समय छ। गुटको कुरा भैहाल्छ। अधिवेशनपछि गुटको अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाउन सके पार्टीलाई कसैले हराउन सक्दैन।

जननेता बिपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल कार्यक्रमको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट