बागलुङ बाढी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग-Sutra News

बागलुङ बाढी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बागलुङ बाढी पीडितको उद्धार, राहत उपलब्ध र घाइतेको स्वास्थ्य उपचार गराउन सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।



बागलुङको ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा बुधबार राति बाढीले वस्ती बगाएको थियो।

‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। सम्पर्कबिहीन हुन पुगेकाहरूको खोजी कार्यलाई तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु’सभापति देउवाले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट