एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्यो : ट्रम्प-Sutra News

एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्यो : ट्रम्प

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन्। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोना (भाइरस कोभिड–१९) विरुद्धको खोप मानवमा परीक्षण गरेको ढिलाइ चुनाव लक्षित भएको ट्रम्पको दाबी छ।



‘एफडीए वा यसका अधिकारीले खोप र उपचारका लागि मानव परीक्षण प्रक्रियालाई धेरै जटिल बनाइरहेका छन्,’ ट्रम्पले  ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु।’

अमेरिकामा हाल विभिन्न कम्पनीहरूले विकास गरेका भाइरसविरुद्धका ३ वटा खोप तेस्रो चरणको परीक्षणको पर्खाइमा छन् ।अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट