कर्मचारी सञ्चयकोषमा भीड-Sutra News

कर्मचारी सञ्चयकोषमा भीड

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–  कोरोना भाइरसलाई बेवास्ता गर्दै कर्मचारी सञ्चयकोष ठमेलमा सञ्चयकर्ताको भीड बढेको छ। गत असार १ गतेदेखि सेवा आरम्भ भएपछि सञ्चयकर्ताको भीड बढेको हो। कोषका प्रशासक तुलसीप्रसाद गौतमले सञ्चयकर्ता सापटीको काम नयाँ सफ्टवेयरमार्फत् अनलाइनबाट गरिएकाले सञ्चयकर्ता नगन्यरुपमा कोषमा उपस्थित हुने गरेको बताए।



कोषको कार्यालयमा दैनिक १ हजारको हाराहारीमा सञ्चयकर्ता विभिन्न कामको लागि आउने गरेका छन्। कोषका ट्रेड युनियन र सरोकारवालाले पटक–पटक भिड ब्यवस्थापनका लागि सुझाव दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

कोभिड १९ को जोखिमबाट सुरक्षित रहन ब्यवस्थापन र क्रियाशील ट्रेड युनियनका पदाधिकारीसहितले सेवाप्रवाह मापदण्ड तयार गरेको भन्ने सुन्नमा आएको भए पनि त्यो लागू हुन नसक्दा कोषका कर्मचारीले जोखिम मोलेर भए सेवाप्रवाह गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट