लगातार घटबढपछि सुनचाँदीको मूल्य स्थिर-Sutra News

लगातार घटबढपछि सुनचाँदीको मूल्य स्थिर

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य बुधबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारकै मूल्यमा बुधबार सुनचाँदीको खरिद–बिक्री भइरहेको छ ।



महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी बुधबार एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य घटबढ भएसँगै कारोबार पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट