ट्रम्प र ‘टिकटकर’बीचको संघर्ष : अमेरिकामा सम्भव होला त प्रतिबन्ध ?-Sutra News

ट्रम्प र ‘टिकटकर’बीचको संघर्ष : अमेरिकामा सम्भव होला त प्रतिबन्ध ?

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

मौरेन स्पे-रोले गत मार्च महिनामा लकडाउनको समय बिताउन आफ्नो फोनमा ‘टिकटक एप’ डाउनलोड गरेकी थिइन् । त्यतिबेलादेखि उनले आफ्ना दुई बिरालो कासिफर र जिजीसँगै आफूले गर्ने शिल्पकलाका भिडियोहरू टिकटकमा राख्न थालिन् । जसमध्ये केहीमा अहिले लाखौं भ्युज र लाइक आएको छ।



तर, चिनियाँ एप र गोपनीयताको विषयलाई लिएर अहिले चर्चा भईरहँदा, स्पे-रो (२९ वर्षिय) र उनीजस्तै अन्य युवा प्रयोगकर्ताहरूले आपत्ति जनाएका छन्। ‘वास्तवमा मलाई मेरो डाटा उनीहरूको पहुँचमा छ भन्ने कुरा थाहा हुँदासम्म यसको मतलब छैन,’ उनी भन्छिन्,‘अहिलेको समयमा सामाजिक सञ्जालले मेरो व्यक्तिगत डाटा राखेका छन् । यो मलाई एकअर्कासँग जोडिनका लागि यिनीहरूको प्रयोग गरे बापत तिर्नुपर्ने मूल्य हो जस्तो लाग्छ ।’

केही हप्तादेखि टिकटकको भविष्य अन्योलमा छ। अमेरिकका विदेश सचिव माइक पोम्पेओले केही समयअघि जुलाईको सुरुआतबाट अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने संकेत दिएका थिए । भर्खरै पनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्टले टिकटकको स्वामित्वमा भाग लिन चाहेको कुरालाई अनुमति दिएका छन् । तर, यो कारोबार आगामी सेप्टेम्बरको १५ भित्रमा हुनुपर्ने छ । अहिलेसम्म मूल्य नतोकिएको भएपनि करिब १० विलियन अमेरिकी डलर हुन सक्ने अनुमान गरिएको छ।

केही अमेरिकी अधिकारीहरूले टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी चिनियाँ सरकारलाई दिने भनेसँगै अहिले टिकटकविरुद्ध कारबाही हुने कुरा उठेको थियो, जसले टिकटकका प्रयोगकर्तामा भूकम्प ल्याइदियो । थुप्रै प्रयोगकर्ताहरूले तत्कालै ‘लाइभस्ट्रिम’ गरेर आफ्ना ‘फलोअर्स’हरूलाई वैकल्पिक माध्यमतर्फ तान्ने प्रयोग गरेका थिए । अर्कातिर, प्रतिबन्ध हुनसक्ने कुरामा प्रतिक्रिया दिइएका भिडियोमा प्रविधिक रूपमा यसलाई रोक्नुपर्नेदेखि ट्रम्पलाई गालीसम्म दिइएका थिए ।

‘चीनले मेरो डाटा थुपारे पनि वास्ता नहुने म मात्रै हो र ?’ एक भाइरल भिडियोमा प्रयोगकर्ताले भनेका छन । अर्का एक प्रयोगकर्ताले पनि भिडियोमा भनेका छन्, ‘चीन सरकारलाई मेरो डाटा राख्न दिएपनि केही हुन्न । मैले आफूलाई चिन्नेभन्दा मज्जाले उनीहरूले मलाई चिन्लान् ।’

विश्वप्रख्यात एप टिकटक हालसम्म दुई विलियन पटक डाउनलोड भइसकेको छ । यसकारण पनि सजिलै यसलाई प्रतिबन्ध लगाउन सहज छैन । तथ्यांकसम्बन्धी अनुसन्धान गर्ने संस्था मर्निङ्ग कन्सल्टले गरेको बजार अनुसन्धानमा मिलेनिअल्समध्ये ४७ प्रतिशत र जेन एक्समध्ये ५९ प्रतिशतले एपलाई प्रतिबन्ध लगाउन नहुने मत राखेका छन् ।

अर्कातिर, जेन एक्सका प्रयोगकर्ताहरूमध्ये २५ प्रतिशतले अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएपछि झन् यसको प्रयोग गर्न मन हुने बताएका छन् । केवल ९ प्रतिशतले भने यसमा प्रतिबन्ध लागेमा केही कम प्रयोग गरिने बताएका छन् । ‘टिकटकलाई यो देशमा कुनै रुपमा प्रतिबन्ध लगाईयो भने मलाई लाग्छ यहाँ दङ्गा सुरु हुन्छ,’ स्पेर्रो आफ्नो मन राख्छिन् ।

टिकटकको भविष्यलाई लिएर अहिले चलिरहेको विवादले प्रविधिसम्बन्धी कानुन बनाउने सांसद र यसको प्रयोग गर्नेहरू बीचमा रहेको पुस्ता विभाजनलाई पनि देखाएको छ । जेनेरेसन जेड, जसले फेसबुक, स्नेपच्याट र इन्स्टाग्रामको प्रयोग गरेर हुर्किएका थिए, उनीहरूको पनि व्यक्तिगत जानकारी संकलन गरिएको थियो ।

अर्कातिर, टिकटक मुख्यगरी ओभरसेयरिङ्गमा भर पर्ने भएकाले यसमा युवापुस्ताले गीतसंगीतको प्रयोग गरेर फोटो वा भिडियो सेयर गर्ने गर्छन्, जसलाई लाखौं लाइक र कमेन्ट प्राप्त हुन्छ । भिडियोको कमेन्टमा आउनेमध्ये प्रायः प्रतिक्रिया हो, ‘तपाईहरूमध्ये केही यहाँ एकदमै सहज देखिनुभएको छ ।’

गैर नाफामुलक अभियान ‘कर्मसयल फ्रि चायल्डहुड’का कार्यकारी निर्देशक जोस गोलिनका अनुसार अझैं आधारभूत तहबाट हेर्दा आफ्नो डाटा ‘अप्ट आउट’ गर्ने विकल्प छ भन्ने कुरामा धेरैलाई विश्वास छैन । ‘युवा पुस्तालाई आफ्नो व्यक्तिगत जानकारी बचाउन सामाजिक सञ्जालबाट बाहिरिने वा यसैमा रहने भन्ने उपाय दिएमा उनीहरू सामाजिक सञ्जालबाट बाहिरिदैनन्,’ उनले भने, ‘तर, के सामाजिक सञ्जालबाट बाहिरिन नसके पनि आफ्नो जानकारीको सुरक्षा हुने उपाय छ त ?’

गत महिना क्यालिफोर्निया र युरोपमा भएको ठूला प्रविधि कम्पनी र नयाँ डाटा सुरक्षाको कानुनअनुसार यो उपाय बनाउने काम पनि भइरहेको छ । तर, धेरै प्रयोगकर्ताहरू तत्कालै प्राविधिक कम्पनीहरूलाई आफ्नो डाटासम्बन्धी कानुनलाई परीक्षण हुनुपर्छ भन्नेमा छैनन् । सन् २०१९ मा ‘मोबाइल मार्केटर’ले गरेको अध्ययन अनुसार जेनेरेसन जेड सामाजिक सञ्जालमा लक्षित भएर आउने विज्ञापनबाट दिक्क भएका छन्, न कि उनीहरूको निगरानीबाट ।

अर्कातिर, ४६ प्रतिशत जेनेरेसन जेडका मानिस र ४५ प्रतिशत मिलेनिअल्स प्राविधिक कम्पनीहरूले उनीहरूको जानकारी उनीहरूकै विरुद्धमा प्रयोग गर्लान भन्नेमा चिन्तित छन् भने ३७ प्रतिशत जेनेरेसन जेडका मानिसहरू मात्रै निगरानीको कुरालाई लिएर चिन्तित छन् ।

एन्नी, १९ वर्षीय टिकटक प्रयोकताले क्वारेन्टाइनको बेला समय बिताउन टिकटक डाउनलोड गरेकी थिइन् । अहिले दैनिक जसो यसको प्रयोग गरिरहेकी उनी अमेरिकी कम्पनीहरूले पनि यहि गरिरहेको बेला चीनको नाम लिएर चाल्न लागेको यस्तो कदम निकै हाँस्यास्पद भएको बताउँछिन् ।

‘असंख्य निजी कम्पनीहरूले हाम्रो व्यक्तिगत जानकारी संकलन गरेर त्यसलाई महंगोमा बेचिरहेका छन्,’ आफ्नो व्यक्तिगत गोपनियता बचाउँन छद्नामको प्रयोग गर्नुपर्ने बताउँदै उनी भन्छिन्, ‘चीनलाई मात्रै लिएर यस्तो कदम चाल्न लाग्नु हाँस्यास्पद छ जब कि हाम्रो हुर्काइको समयदेखि नै हाम्रो प्रत्येक कुराहरू संकलन गरिएका छन् ।’

टिकटककी प्रवक्ताले कम्पनीकोे गोपनियता विभागमा अनुभवी र अमेरिकाबाटै दशकौंसम्म प्रविधि उद्योग र अमेरिकाको कानुन बुझेको मानिस प्रमुखको रूपमा कार्यरत रहेको बताउँछिन् । उनका अनुसार प्रयोगकर्ताको सम्पर्क जानकारी अमेरिकामा नै संकलन भइ राखिने र त्यसमा कर्मचारीको पनि पहुँच नहुने बताउँछिन् । टिकटक कम्पनीले नै पनि आफ्नो व्यक्तिगत जानकारीलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा लगातार केही जानकारी मुलक भिडियो समेत प्रसारण गरेको छ । ‘हाम्रा प्रयोगकर्ताहरूको जानकारीलाई सुरक्षित राख्नु टिकटकको लागि निकै महत्वपूर्ण छ,’ उनले भनिन्, ‘बलियो सुरक्षा मात्रै बनाएर नहुने कुरा हामीलाई थाहा छ । त्यसैले, हाम्रो समाजलाई हामी बुझाई पनि रहेका छौं ।’

टिकटकले प्रयोगकर्ताको जानकारी संकलन गरेतापनि अमेरिकामा रहेका कम्पनीहरूले त्योभन्दा धेरै जानकारी लिइरहेका हुन्छन् । तर, यसो हुँदा पनि केही कानुनी मान्यताका कुराहरू भने उठेका छन् । टिकटकमा बन्ने कन्टेन्टलाई चीनमा रहेको सेन्सरसिपको कानुनअनुसार हुनसक्ने र एपलाई कति सुरक्षित रुपमा कोडिङ गरिएको छ भन्ने कुरा उठेका छन् ।

केहीले भने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो टुसा र्यालीमा भएको घटनाको बदला लिएको हुनसक्ने अनुमान गरेका छन् । उक्त र्यालीमा हजारौं टिकटक प्रयोगकर्ताहरूले अभियान आयोजना गरेर टिकट लिएका थिए, तर पछि उनीहरू त्यहाँ नआउँदा हजारौं सिट खाली रहेको थियो ।

चुनावी वर्षमा एपको चर्चासँग जोडिएका यस्ता घटनाहरूले प्रशासनलाई खतरा हुनसक्ने कार्नेगी विश्वविद्यालयमा मार्केटिङ्ग तथा डिजिटल मिडियाका प्राध्यापक रहेका एरि लाइटमेन बताउँछन् । ‘टिकटकको संकुचित पक्ष एकातिर छ, तर यसको प्रयोग गरेर कार्यक्रम आयोजना गर्ने, भेला हुने र ट्रम्प प्रशासनसँग यावत कुरा गरेको स्पष्ट छ ।’

तर, अधिकारीहरूले यसमा बहस गरिरहेको बेला युवा प्रयोगकर्ताहरू टिकटकमा नै रहिरहने कुरामा अडिग रहेका छन् ।

सेन डिएगोमा बस्ने १६ वर्षीया निकोले दैनिक पाँच घण्टा टिकटक चलाउँछिन् । उनका अनुसार अहिलेको महामारीको बेला उनी आफ्ना साथीहरूसँग सम्पर्कमा रहन यसको प्रयोग गरिरहेकी छिन् । उनी भन्छिन्, ‘ट्रम्पले प्रतिबन्ध लगाएपनि म टिकटक छाड्दिन् ।’ विश्वभरका मानिससँग आफ्नो सम्पर्क सजिलै होला भनेर आफूलाई सम्भव नै नलागेको कुरा टिकटकले पुरा गरेको उनी बताउँछिन् ।

( कारी पलको यो रिपोर्टलाई दि गार्जियनबाट अमि प्रिन्सले अनुवाद गरेका हुन् )

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट