वर्षासँगै बाढी आएपछि १४ जनाको मृत्यु-Sutra News

वर्षासँगै बाढी आएपछि १४ जनाको मृत्यु

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीले कम्तिमा १४ जनाको मृत्यु भएको छ । साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।



मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण १४० आवासीय घर क्षतिग्रस्त भएका छन् ।

टोलो न्यूजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडक भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताए ।

“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उनले भने ।

निरन्तरको भारी वर्षाका कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ । बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुल नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट