सुन तोलाको १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार-Sutra News

सुन तोलाको १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं–सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ लाख २५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेको हो । 



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि वृद्धि भएको छ। तेजाबी सुनको मूल्य १ लाख ३ हजार  रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबारको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट